विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

<span class='c1'>विदेशमा अलपत्र परेका नेपालीको</span> <span class='c2'>उद्धार गर्न माग</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उहाँहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गर्नुभयो । उहाँले विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गर्नुभयो । सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उहाँले धारणा राख्नुभयो । उहाँले जुम्लाको गुठीचौरमा अवरुद्ध विद्युत् आपूर्ति नहुँदा स्थानीयले भोग्नु परेको सास्तीतर्फ सरकारको ध्यानार्कषण गराउनुभयो ।

नेपाली कांगेसका सांसद रामकृष्ण यादवले धनुषा जिल्लास्थित कमला नगरपालिका–५ मा आगलागीबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र पीडितको पुनःस्थापनाका लागि माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्