बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

<span class='c1'>बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा</span> <span class='c2'>अपनाउन प्रधानमन्त्रीको सुझाव</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्।

छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारमा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ती र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको पनि स्मरण गरे । उनले भने, ‘बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । हरेक ठाउँमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ । बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरुमा भिन्नता छैन । बुद्धका ज्ञानहरु विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरु अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरु गर्दै जानुपर्नेछ ।’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्