स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

<span class='c1'>स्पेनिस ला लिगाको</span> <span class='c2'>उपाधितर्फ नजिकिँदै बार्सिलोना</span>

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि नजिकिँदै गर्दा एफसी बार्सिलोना एक कदम अगाडि बढेको छ ।

आइतबार राति सम्पन्न ‘एल क्लासिको’मा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ४–३ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको आफ्नो अग्रता थप मजबुत बनाएको हो ।

यो जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ७५ अंक मात्र रहेको छ । अब लिगमा तीन खेल मात्र बाँकी छन्, जसमा एक खेल जिते वा सबैमा बराबरी गरे पनि बार्सिलोना सिजनको च्याम्पियन बन्नेछ । बार्सिलोनाले यस सिजन खेलेका चारैवटा ’क्लासिको’मा विजय हात पार्दै अपराजित कीर्तिमान बनाएको छ । पछिल्लो जित कोपा डेल रे फाइनलमा आएको थियो ।

खेलको सुरुवातमै फ्रेन्च स्टार किलियन एमबाप्पेले ५औं र १४औं मिनेटमा गोल गर्दै रियाललाई २–० को अग्रता दिलाएका थिए। तर घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमाल र एरिक गार्सियाको गोलमार्फत पहिलो हाफमै ४–२ को अग्रता लिएको थियो । ७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि रियालले बराबरी गर्न सकेन । एमबाप्पेले यस सिजन २७ गोल गर्दै ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की २५ गोलसहित दोस्रो स्थानमा छन्, यद्यपि उनी आइतबारको खेलमा सुरुवाती टोलीमा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्