झापा बास्केटबल संघ र बिर्तामोड खेलकुद विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको झापा 3x3 नेशनल बास्केटबल प्रतियोगितामा टाइम्स बास्केटबल क्लब विजेता बनेको छ। फाइनलमा टाइम्सले त्रिभुवन आर्मी क्लब १९ - १८ लाई पराजित गर्दै उपाधि हात पार्यो।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, काठमाडौं र गण्डकी जिल्लाबाट १६ टोलीहरूको सहभागिता रहेको थियो। विजेता टाइम्स बास्केटबल क्लबले रु. २ लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता त्रिभुवन आर्मी क्लबले रु. १ लाख पुरस्कारमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) को उपाधि टाइम्स इन्टरनेशनल क्लबका श्रेयस बहादुर शाहलाई प्रदान गरिएको छ।