विराटनगर । विराटनगर महानगरपालीका ३ स्थित कोशी बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो ३ मजना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए । फरार हुनेहरूमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् ।
बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए । बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए ।
यता मोरङ प्रहरीले भने फरार रहेका बालकहरुको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘फरार बालकहरू खोज्न प्रहरी परिचालन भइसकेको छ र घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।