विराटनगरकोे सडक सौन्दर्यकरणका लागि ३३ लाख जुट्यो , सहयोग गर्ने क्रम जारी

<span class='c1'>विराटनगरकोे सडक सौन्दर्यकरणका लागि ३३ लाख</span> <span class='c2'>जुट्यो , सहयोग गर्ने क्रम जारी</span>

विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट अहिले सम्म ३३ लाख रकम जुटिसकेको छ । यद्यपी सहयोगको लागि रकम भने जुट्ने क्रम जारी रहेको महानगरले जनाएको छ ।
विराटनगरमा रहेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादर श्रेष्ठ र अप्रेसन इन्चार्ज मुकेश दाहालले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
इन्भेष्टमेन्ट एण्ड फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, छिमेकी लघुवित्र् र जीवन विकास लघुवित्र् वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये सबैमा तारजाली लगाइसकिएको छ ।
महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्