‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री ओली

<span class='c1'>‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए,</span> <span class='c2'>माया लाग्छ : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।

मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए ।

उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःखकष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्या एक/दुई वटा केही साना कामहरुमा साथी भाईहरु धेरै नै हौसिन्छन् । हामी छौ भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्