सिरहामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

<span class='c1'>सिरहामा टिपरको ठक्करबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सिरहा । सिरहाको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उदयपुरबाट चुनढुङ्गा बोकेर तीव्र गतिमा आएको बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिनुभयो ।

ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्