तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

<span class='c1'>तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक</span> <span class='c2'>मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा</span>

विराटनगर। कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ।

विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई ५–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

जितको लागि मिल्सका तर्फबाट रुपक श्रेष्ठले दुई गोल, अजय लिम्बु, अशोक कुमार केसी र कृष्ण शाक्यले समान १–१ गोल गरे। सोही दिन भएको दोस्रो खेलमा विराट भेट्रान्सले सुनसरीको भरौल भेट्रान्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो।

बुधबारको पहिलो सेमिफाइनल खेल पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबबीच हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्