साफ यु-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

<span class='c1'>साफ यु-१९ च्याम्पियनसिपमा</span> <span class='c2'>नेपाल भारतसँग पराजित</span>

काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ ।

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।

भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।
भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ । अब सेमिफाइनलमा शुक्रबार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्