दिपक बाहोराको सपना पूरा गर्ने छौं : अध्यक्ष लिङदेन

<span class='c1'>दिपक बाहोराको सपना पूरा गर्ने</span> <span class='c2'>छौं : अध्यक्ष लिङदेन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दिपक बोहराको निधनले पार्टी, देश र आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् ।

राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘म वरिष्ठ नेता दिपक बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । उहाँको निधनपछि राप्रपाले धेरै ठूलो क्षति भोग्नु परेको छ । उहाँलाई सँधै सम्झने छौ । उहाँको निधनले पार्टी, देश र हाम्रो आन्दोलनलाई ठूलो क्षति भएको छ तर क्षतिलाई शक्तिका रुपमा लिए अगाडि बढ्नेछौ । अब उहाँका बाँकी सपना र जिम्मेवारीसबै मिलेर पूरा गर्नुपर्छ ।’ सोही क्रममा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि स्व.बोहराको आत्माको शान्तिको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्