प्रतिनिधिसभाको बैठक सुरु

<span class='c1'>प्रतिनिधिसभाको बैठक</span> <span class='c2'>सुरु</span>

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा विनियोजन विधयेकका सिद्धान्त र प्राथमितामाथिको छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद सूर्यबहादुर थापा क्षेत्रीले गत वैशाख ३१ गते प्यूठानको सहिद स्मृतिपार्कमा करेन्ट लागेर मृत्यु भएका चित्रबहादुर केसीको परिवारलाई राहतको माग गर्नुभयो । उहाँले देशका विभिन्न स्थानमा स्थापना भएका सहिद स्मृति पार्कका लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने मागसमेत राख्नुभयो ।

सांसद रामकुमार राईले खोटाङका एक युवाको गत वैशाख ३० गते गोकर्णेश्वरमा कुटपिटबाट मृत्यु भएको विषय उठाउँदै उक्त घटनाका दोषीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले करिब दुई महिनादेखि बन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलगायत नेता कार्यकर्तालाई रिहाइको माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्