अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्र्नुपर्ने ?’

<span class='c1'>अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध</span> <span class='c2'>विद्रोह गरेर जंगल पस्र्नुपर्ने ?’</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जंगल पस्न भन्नुपर्ने बताएका छन् ।

आज(शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको भन्दै यस्तो धारण राखेका हुन् ।

‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ । राप्रपा लगायत हिन्दुराज्य, राजसंस्था मान्छु भन्नेहरुले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरु देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरु यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौ । विद्रोहमा जाऔँ, जङगल पस भन्नुपरो,’ उनले भने ।

उनले सरकारले निरन्तरण संविधान उल्लघन गरेको भन्दै राजसंस्था, हिन्दुसस्था मान्छु भन्दा अपमानपूर्वक प्रहरीखोरमा राखिएकोमा आपति जनाए ।
‘यो अत्यन्तै दुखद र मानवअधिकार विरुद्ध, मानव हक अधिकारको विरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप घोर भत्सना गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्