मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री ओली

<span class='c1'>मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ</span> <span class='c2'>प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन – आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो । मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु ।’

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्