-पारस भट्ट 'प्यासी'
म मेरो सुन्दर गाउँ , डाँडा पाखा गाउँ समाज सबै छोडेर आए
म मेरो जन्मभुमी छोडेर आए
घरमा भएका मेरा वृद्ध आमालाई छोडेर आए
बुढेसकालको साहारा हौ छोरा भन्नुहुन्थ्यो
तर बुढेसकालमा नै एक्लो बनाएर आए !
म परदेशमा आए
जब बेरोजगार भए
घरमा नुन सकियो तेल सकियो
शरिरले न्यानो लुगा लाउन पाएन
गरिव भएर बाच्दा घरमा खुसी कहिले आएन !
वृद्ध आमालाई गिट्टी बालुवा , लेबरी काम मै कति दुख दिउँ
अब त मैले पनि केही गर्नुपर्छ भनेर आए
न बुबा
न हजुरबुबा
न दाइ न भाइ
न साथी
न जीवन साथी
बस म एक्लो थिए
एक्लै हिंन्थे एक्लै डुल्थे
कामको लागि जताततै भौतारीरहन्थे
कहिँ काम मिलेन
म परदेशमा आए !!
परदेशमा कमाउँला ,रमाउला भनेर आए
उज्यालो अनुहार बनाउनु सोचेर आए
तर मैले त सधैं आफू भन्दा ठुला भनौदाहरुको गाली खाए
चोटै चोट ,पीडा नै पीडा पिडा पाए !!
मैले
प्रदेशको कुरा
मलाई कसरी हिंड्ने कसरी
कसरी बस्ने
कसरी खाने केही थाहा छैन
भगवान मलाई सिकाउनुस् भने रातदिन बिन्ती बिसाय ,धुप बत्ती बाले
तर मैले जाने या जानीन
तर सधै दुखी नै बन्नुपर्यो
अरुका वचन नै सुन्नुपर्ने भयो
हाँसो खुसी सबै हरायो
रातदिन एक्लै बसेर रुनुपर्ने भयो!
परदेशमा मिलेको खुसी मैले सम्झाना गर्नुपर्ने तर
रुखा वचनका घाउ सम्झनामा रहने भए
भन्न मन लाग्यो
भगवान म यहि पाउनलाई परदेश आए
म परदेश किन आए?
बैतडी,सुदुरपश्चिम