-सुरेश कुमार पाण्डे
"आहा कती यथार्थ बिचार आयो दमोदरको।"- झलकले दामोदरको प्रसंसा गर्दै भने। " के भन्यो र दामोदरले ?'-उपिन्दरले झलक सँग प्रश्न गर्यो।
" प्रखरबक्ता रहिछन् यथार्थ बोल्ने ।आजको साधारण सभामा दामोदरले सबैको मन जित्यो। असमानता र जातिय बिभेदले समाज टुक्रा टुक्रापरेको वेला यथार्थ बिचारले सबैलाई एकशूत्रमा बाँध्न सफल भए उनि।"-झलकले बतायो।
" ए .ए त्यसो हो ! तर उसले भनेकै भरमा यति धेर उस्को प्रसंसा गर्नुभन्दा उसले गरेको काम अर्थात उसको व्यवहारलाई पनि मूल्यांकन गर्नुपर्छ।बरू आज उसैको घरमा जाउँ एकपटक उपिन्दरले बतायो। कुरा त झलकलाई पनि जच्यो । " हस् मानिस त गज्जबका रहिछन् फेरी पनि एक पटक परिक्षा लिनु नराम्रो होइन।"- झलकले उपिन्दरको समर्थनगर्दै भन्यो।
" जातिय मुद्दामा यसको परिक्षा लिनुपर्छ झलक र उपिन्दर दुबैजना नजिकैको दामोदरको घरमा पुगे। " सर ! नमस्ते !" दुबैजनाले एकैसाटो दुबै हात जोडेर भने।" दमादरले पनि नमस्तेको खिसिक्क हास्दै उत्तर दिए। " आज कसरी बाटो बिर्सनुभयो ? उपिन्दरजी !"- दामोदरले सोध्यो।
" यहाँ हजुरको प्रसंसक ,हजुरसँग भेट गर्न खोज्नुभएकोले यहाँलाई पनि हजुरको घर देखाउँन ल्याएँ।"-उपिन्दरले आफु आउँने कारण बताए।दामोदरपनि खुसि भयो।भान्साको समय भएको छ आउँनुहोस् भान्सा गरौँ।"- दामोदरले बोडो आदर गर्दै भन्यो।
"हस् आज हजुरको घरको भान्सा पनि चाखौँ।" -दुबै जना भित्र प्रवेशको लागि उठे। " यहालाई कतै देखेको त हो तर ठमाउँनै सकिन ? "-दामोदरले भन्यो। " यहाँ झलक विक हुनुहुन्छ हजुरको प्रसंसक "- उपिन्दरले चानकारी गराउँदै भन्यो। " ए ए. उसको खुट्टा एउटा संगारभित्र एउटा बाहिर थियो।" बुहारी बाहीर एउटा गुन्द्री बिच्छाउ त ?"-दामोदर अंध्यारो हुँदै भन्यो।
घोराही ,दाङ-१८