-लक्ष्मी बस्नेत
तातो होइन न्यानो हुन्छ
काख आमाको
पोल्दैन कहिल्यै
आगोले झैँ
सेकाएर भगाउछ
जिन्दगीका दु:ख कष्ट
न्यानो रापले झैँ ।
जता जसरी बुझे पनि
छैन कोहि आमा समान
छाती चिरी मुटु झिकी
सन्तानको लागि दिने
हुन मात्र आमा
जन्मकर्म सुख सुबिधा
सबै दिने आमा
भोकै बसेर संतानको पेट भर्न
दूध चुसाउने पनि आमा
ढुङ्गा र सिमेन्ट जस्तो
हुन्न आमाको मन
कमलो माटो हो
जहाँ हुर्कन्छन बिरुवा सरी
सबै सन्तान ।
आपार हुन्छ
महिमा आमा शब्दको
संसार सून्य हुन्छ आमा बिनाको ।