विराटनगरको लर्डबुद्ध कलेजको ‘फेरी भेटौला’ कार्यक्रम

<span class='c1'>विराटनगरको लर्डबुद्ध कलेजको</span> <span class='c2'>‘फेरी भेटौला’ कार्यक्रम</span>

विराटनगर । विराटनगरमा रहेको लर्डबुद्ध कलेजले ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको स्वागत गरेको छ ।


क्याम्पस प्रमुख विनोद भण्डारीले कार्यक्रममा बोल्दै लर्डबुद्ध कलेजले गौरवपूर्ण इतिहास बोकेको बताए। उनका अनुसार नयाँ व्यवस्थापनले कलेजको ऐतिहासिक विरासतलाई कायम राख्दै उत्कृष्ट विद्यार्थी नतिजा दिएर अगाडि बढेको बताए । उनले हजारौं विद्यार्थीहरु यस कलेजबाट उत्पादन भएर राष्ट्र निर्माणमा योगदान पुर्‍याइरहेको जानकारी दिए ।


कलेजका अध्यक्ष पप्पु अन्सारीले कार्यक्रममा गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्दै कलेज निरन्तर अगाडि बढिरहेको बताए। उनले विद्यार्थीहरुलाई आधुनिक परिवेशमा प्रतिस्पर्धी बन्नका लागि कलेजले विशेष पहल गरिरहेको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले विद्यार्थीहरुलाई सिद्धान्त र व्यवहारिक ज्ञान दुवैको महत्त्व बुझ्न आग्रह गरे।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरु जस्तै नृत्य र गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। विदाई हुने विद्यार्थीहरुले कलेजको अनुभव बाँड्दै भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए भने नयाँ विद्यार्थीहरुलाई कलेजको वातावरणसँग परिचित हुने अवसर प्राप्त भएको थियो।
कार्यक्रममा शिक्षकवर्ग, विद्यार्थीहरु लगायत ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कलेजले यस प्रकारका कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको र यसले विद्यार्थीहरुबीच आपसी सम्बन्ध विकास गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्