आजबाट विराटनगरमा नेपाल टी-१० क्रिकेट, दर्शकले बल एक हातले समाते ५ हजार पुरस्कार

<span class='c1'>आजबाट विराटनगरमा नेपाल टी-१० क्रिकेट, दर्शकले बल</span> <span class='c2'>एक हातले समाते ५ हजार पुरस्कार</span>

नेपाल टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजबाट विराटनगरमा आयोजना हुदैछ।

उक्त प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको हो । प्रतियोगिता कोशी प्रदेश क्रिकेट संघको स्विकृतिमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगितामा सातवटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगताका खेलहरु दिवा तथा रात्री रुपमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा कुल २३ खेल आयोजना हुने बताइएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगितामा खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन दिन बाउन्ड्रीमा आएको बल एक हातले समाते नगद ५ हजार पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका चिरपरिचित खेलाडीहरुपनि सामेल हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्