नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : सांसद चौधरी

<span class='c1'>नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले,</span> <span class='c2'>सरकार चुपचाप छ : सांसद चौधरी</span>

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन् ।

‘बर्खायाम आउँदैछ । हावाहुरीले संकेत दिइसकेको छ । विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेका छन् । त्यहाँका मानिसहरु अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’ उनले भनिन्।
उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्