२५ करोड अवैध रकम बरामद बारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

<span class='c1'>२५ करोड अवैध रकम बरामद बारे</span> <span class='c2'>सदनलाई जानकारी चाहियो : सांसद खतिवडा</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

आज(सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।

उनले भने, ‘केही समय अगाडि सरकारले टोखाबाट २५ करोड बराबरको अवैध रकम समाउने काम गरेका थियो । त्यसमा एउटा ड्राइभर र व्यापारीलाई समात्यो थुन्यो, त्यसमा मुख्य मान्छे को हो, त्यसको संरक्षण कसले गरेको छ भनेर सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् । सँधै ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने, त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन् । त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चहान्छु ।’

यस्तै, उनले श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम सुरु गरेको भन्दै कानून नबनाइ यस्ता काम नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘भिजिट भिसाबाट धेरै महिलाहरु दुबई हुँदै कुबेत र साउदी अरब पुगेका छन् । केही समयका श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम गरेका छन् । कानून नबनाई यस्ता काम नगरियोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्