नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

<span class='c1'>नेपाली टोली पहिलो पटक</span> <span class='c2'>महिला विश्वकपको ग्लोबल छनोटमा</span>

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज(सोमबार) भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो । नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ। छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ । ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।

पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो । त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् । उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।

पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १र१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्