गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

<span class='c1'>गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त</span> <span class='c2'>गर्ने मन्त्रिपरिषद्को निर्णय</span>

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उहाँलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।

डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । यसअघि गभर्नर सिफारिस समिति सदस्य रहनुभएका उहाँले पछि त्यसबाट राजीनामा दिनुभएको थियो । गभर्नर नियुक्तिको विषय पछिल्लो समय निकै चर्चामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्