लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

<span class='c1'>लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी</span> <span class='c2'>‘सुटिङ’ गर्न मात्र आएको आरोप</span>

काठमाडौं । सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ ।

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको जस्तै माहोल देखियो । समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको चर्काचर्कीले बुधबारकै अवस्था निम्ताएको हो ।

बैठकमा सांसद मोदीले समिति सत्तापक्ष दलको मात्र भएको भन्दै प्रतिपक्षलाई बोल्न समेत प्रतिबन्ध लगाइएको धारणा राखेका थिए ।
‘यहाँ विभिन्न दलको प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ । सांसद भनेको सार्वभौम हो तर हामी प्रतिपक्षमा छौं । हामीले बोलेका कुराहरुमा तपाइँहरुले रोक्नुहुन्छ, यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनुहुन्न । प्रतिपक्ष दलले बोल्न पाउनुपर्छ । सार्वजनिक लेखा समिति प्रतिपक्षको पनि हुनुपर्यो भन्दा तपाइँहरु हुनुहुँदैन् भन्ने ?, तपाईहरुको हामी दास हो र ?’ यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए ।

उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए । उनले भने,‘आजको दिनसम्म बोल्न पाउनुहुन्न भनेको छैन् । गलत व्याख्या नगर्नुहोस् । तपाईले दुई चारजना मान्छे भिडियो खिच्ने लिएर आउनुभएको छ । युट्बरलाई बोलाएर भाइरल हुनुछ, त्यति हो । हरेक दिन तपाइँ किन बोल्नुहुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।’

फेरी सांसद मोदीले खाली बेरुजु फर्छर्यौट गर्ने, उजुरी परेका विषयमा मात्र छलफल गर्ने मात्र नभइ किसानका समस्या र भ्रष्टाचारको विषयमा पनि समितिमा छलफल हुनुपर्ने धारणा राखे । ‘खाली बेरुजु फर्छर्यौट गर्ने मात्रै होइन् । उजुरी परेका विषयमा मात्र गर्ने होइन् । सार्वजनिक बहसका कुराहरुपनि हुन्छन् । आज किसानले मल पाएको छैनन्, यो विषयपनि उठ्नुपर्छ । यसमा छलफल चलेको छैन । मूल्यबृद्धि भइरहेको छ, भ्रष्टाचारका कुरा आइरहेको छन् यस विषयमा चाँही कुरा उठ्नु पर्दैन् ?’, उनले भने ।
त्यसै क्रममा सभापति पोखरेल आक्रोसित हुँदै समितिको बैठकलाई अमर्यादित बनाउन सांसद मोदीले हरेक पटक गलत अभिव्यक्ति राख्ने गरेको बताए ।
उनले समितिलाई बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने थलो बनाएको समेत उनले बताए ।

उनले भने,‘सार्वजनिक बैठक अर्को दिन गरौंला । तपाइँ सँधै बोल्ने योजनामा हुनुहुन्छ । बैठकलाई अमर्यादित बनाउन हरेक पटक यस्तै अभिव्यक्ति दिइरहनुभएको छ । तपाईलाई यही युट्युव चाहिएको छ, विज्ञापन चाहिएको छ । बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने काम भइरहेको छ ।’
हिजो बुधबार पनि सांसद अमनलाल मोदीले बोल्दै गर्दा चर्काचर्की भएको थियो । उनले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए ।

सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए ।
एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराइले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्