लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त

<span class='c1'>लेखक बन्न पहिले राम्रो</span> <span class='c2'>पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त</span>

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताउनुभएको छ ।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताउनुभयो । लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुननसक्ने मन्त्री पन्तको भनाइ थियो ।

समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताउनुभयो । उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गर्नुभएको थियो । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्