नीति तथा कार्यक्रम बहुमतले पारित

<span class='c1'>नीति तथा कार्यक्रम</span> <span class='c2'>बहुमतले पारित</span>

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिनुभएको थियो।

नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्