गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

<span class='c1'>गणतन्त्र दिवस उत्सवका रूपमा</span> <span class='c2'>मनाउने एमालेको निर्णय</span>

काठमाडौं । नेकपा (एमाले) को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै भने,‘आजको बैठक समसामयिक विषयमा केन्द्रित थियो । बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ ।’ साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए । पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए ।

एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्