नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी

<span class='c1'>नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई</span> <span class='c2'>सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी</span>

काठमाडौं । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।

आइतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘मैले भनिरहेको छु नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन । नेपालको मन्त्रालयले कुनैपनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार दिदैन । वैदेशिक रोजगारमा काम गर्ने व्यवसायीहरुले नेपाल सरकारको अनुमति प्राप्त गरेपछि वैदेशिक रोजगारमा संसारभर जुनसुकै मुलुक काम गर्न पाउछन् ।’ उनले सिण्डिकेटको नाममा श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएको भन्दै अफवाह फैलाएको बताए । साथै, उनले वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितीमा फाइदा उठाउन खोज्नेहरुको चित्त नबुझेको पनि बताए ।

‘हामी धेरै कुरामा सुधार गरिरहेका छौ तर यथास्थितीमा फाइदा उठाउने तत्वहरुलाई चित्त बुझिरहेको छैन । उनीहरु नानाथरी कुरा गर्दै हिडिरहेका छन् । मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएका छन् भनेर लेखिरहेको छ । म चोकमा खण्डन गर्दिन । नेपाल र मलेसियाको बिचमा नियमावली सम्झौता नविकरण हुन बाकी छ । दुई पक्षिय सम्झौताकोबीच कारोबार हुन्छ । हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्