माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता

<span class='c1'>माओवादी केन्द्र र नेपाल</span> <span class='c2'>समाजवादी पार्टीबीच एकता</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ ।

सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ ।

१) पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुनेछ ।
२) पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ ।
३) समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ । तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।
४) पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ । कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पक्तिभित्र छलफल गर्न सकिने छ ।
५) पार्टी समायोजनको नेतृत्व गर्नुभएका क.गंगानारायण श्रेष्ठलाई नेकपा माओवाद केन्द्रको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेबारी सहितको कार्यविभाजन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्