विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।
आज(सोमबार) एक विशेष कार्यक्रमका बीच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाई तथा प्रहरीका दैनिक काम कारबाहीलाई निरन्तरता दिईरहेको बताउनुभयो ।
भेटघाट कार्यक्रममा उहाँले संचारकर्मीहरुबाट उठेका विविध बिषयमा उठेका जिज्ञासाहरुलाई प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ट उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक हरि डंगोल सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।