बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै : पूर्व मुख्यमन्त्री कार्की

<span class='c1'>बोलेको पुरा गरेन भने नेता र</span> <span class='c2'>ज्योतिष उस्तै : पूर्व मुख्यमन्त्री कार्की</span>

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतउत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् ।

आज(सोमबार) विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् ।

‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन । उनले थपे, ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धवतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्