भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

<span class='c1'>भ्रष्टाचार आरोपमा मधेश प्रदेश</span> <span class='c2'>सांसदका स्वकीय सचिव पक्राउ</span>

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले जेठ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएका हुन् । साथै, बिनोद कुमार कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्