इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा भीषण आगलागी, नियन्त्रणमा चुनौती

<span class='c1'>इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा</span> <span class='c2'>भीषण आगलागी, नियन्त्रणमा चुनौती</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरुपति प्लाइउड उद्योगमा गएराति भीषण आगलागी भएको छ । राति साढे २ बजेबाट सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।
तर उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल, कागजलगायत अत्यन्तै ज्वलनशील सामग्रीहरू भएकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार उद्धार र नियन्त्रण कार्य अझै जारी छ र आवश्यक सुरक्षात्मक सावधानी अपनाउँदै अग्नि नियन्त्रणको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्