स्वतन्त्र नागरिक छानबिन आयोगको तीनकुने घटना बारे प्रतिवेदन सार्वजानिक

<span class='c1'>स्वतन्त्र नागरिक छानबिन आयोगको तीनकुने</span> <span class='c2'>घटना बारे प्रतिवेदन सार्वजानिक</span>

काठमाडौं। स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ।

आज (बुधबार) सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ।
प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापि घोषणापत्र र विभिन्न अन्तराष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको आयोगले ठहर गरेको छ ।

प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भए पश्चात वरिपरीका निजी घरहरुमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थिति नभएको अवस्थामा गोली हानिएको उल्लेख छ । विज्ञहरुले घटनामा सुरक्षाकर्मीले अनावश्यक र अत्याधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्‌लेख गरिएको छ । २८ पृष्ठको प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्‌लेख गरेको छ ।

उक्त कार्यक्रममा बोख्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्था मान्ने या नमान्ने दुबैले इतिहास घटित हुँदै गएको बुझनु पर्ने बताए । उनले जनताको विरुद्दमा सेना नजाने बताए । उनले नेपालमा भएका सबै शक्तिहरु मिलेर अघि बढ्नु पर्ने धारणा राखे ।

त्यस्तै उनले एउटा इतिहास घटित हुँदै छ । एउटा शिक्षा नेपालको प्रत्येक पक्षले सत्तामा बस्ने या बाहिर बस्ने व्यवस्था मान्ने या व्यवस्था नमान्नेहरु सबैले इतिहास घटित हुँदै गएको कुरा बुझनु पर्ने छ । आवश्यक स्थिति घटित हुँदै छ । यसलाई बुझ्‌न आवश्यक रहेको छ । तिनकुनेमा जुन घटना घट्यो त्यो अन्यन्तै दुखःद पक्ष हो । त्यस्तो घटना र्पुन नदोहोरियोस् । सेना परिचालन गरि दबाउने सोचेको होला संसारका कुनै शक्तिले जनताको विरुद्दमा सेना परिचालन गर्न सक्दैन सबै जनताको शक्ति मिलेर अघि बढ्ने विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्