मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

<span class='c1'>मारवाडी प्रिमियर लिगको</span> <span class='c2'>उपाधि वीरगञ्ज बासर्सलाई</span>

वीरगञ्ज (पर्सा) । वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बासर्सले जितेको छ ।

आर्दशनगर रङ्गशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको टाइटन ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ दशमलव ३ ओभरमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो ।

विजेता टोलीलाई रु दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन ११ लाई पनि नगद रु दुई लाख पुरस्कार र प्रमाणपत्र पाएको हो । उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

खेलमा ‘प्लेयर अफ द सिरिज’को उपाधि वीरगञ्ज बासर्सका सर्वनाथ हुनुभयो । उत्कृष्ट ‘व्याट्सम्यान’ टाइटन ११ का गौतम अग्रवाल हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्