१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री ओली

<span class='c1'>१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति</span> <span class='c2'>भएको छ : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् ।

गणतन्त्र दिवस २०८२ को अवसरमा आज विशेष समारोहका बीच सम्बोधन गर्दै उनले राजतन्त्रकालको निरंकुशता र त्यसबेलाको सामाजिक, राजनीतिक अवस्था स्मरण गर्दै वर्तमान पुस्तालाई स्वतन्त्रताको मूल्य बुझ्न आग्रह गरेका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारजस्ता पूर्वाधारमा भएको उल्लेखनीय प्रगति औँल्याए । उनले भने, ‘गणतन्त्र स्थापना भएको १७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेखनीय प्रगति भएको छ, जुन निरंकुश राजतन्त्रका २५० वर्षको तुलनामा कयौं गुणा बढी हो ।’उनले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार निर्णयकर्ताहरूको जवाफदेहिता र पारदर्शिता आवश्यक रहेको भन्दै, कमजोर निर्णयको आलोचना गर्ने र त्यसलाई सुधार्ने व्यवस्था गणतन्त्रमै सम्भव भएको बताए ।

ओलीले देशवासीलाई गणतन्त्रको मर्म व्यवहारमा उतार्न आह्वान गर्दै भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । जनताको अधिकार र उत्तरदायित्वको संयोजनमार्फत मात्र हामी समृद्ध नेपालको यात्रामा अघि बढ्न सक्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्