प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

<span class='c1'>प्रतिनिधिसभा बैठकको सम्भावित</span> <span class='c2'>कार्यतालिका सार्वजनिक</span>

काठमाडौं । कार्य व्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।

आज(शुक्रबार) बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका हुन् ।

उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गरेको पनि जानकारी दिए । उनले भने,‘बैठकमा राम्रो छलफल भयो । यो बजेट पारित गर्ने समयसम्मको कार्यतालिकाहरु बनाएको छौं । २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गर्यौ. । हरेक पटक सदन बन्द गर्ने सानो–सानो कुरालाई पनि मसला बनाएर लैजाने कुरा राम्रो होइन् । त्यसले संसदीय प्रणालीमा ठूलो चुनौती पैदा गर्छ । त्यसले यसमा गम्भीर भएर सोच्न पर्नेछ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ । यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिका अनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ ।

त्यस्तै सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्