कोशी प्रदेशमा मत्स्य र बंगुर परिकार तालिम सम्पन्न

<span class='c1'>कोशी प्रदेशमा मत्स्य र</span> <span class='c2'>बंगुर परिकार तालिम सम्पन्न</span>

विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कोशी प्रदेशस्थित पशु सेवा तालिम केन्द्रमा "मत्स्य र बंगुरको परिकार तथा विविधीकरण" विषयक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ ८ देखि १४ गतेसम्म सञ्चालित सात दिने तालिममा प्रदेशका सबै १४ जिल्लाबाट सहभागीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तालिमका क्रममा सहभागीहरूलाई माछा र बंगुरको परिकार तयार गर्ने प्रविधि, विविध परिकारमा प्रयोग हुने पद्धतिहरू, स्थानीय उत्पादनको सदुपयोग तथा व्यावसायिक सम्भावनाका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिमका मुख्य प्रशिक्षकका रूपमा एस्पायर कलेजका होटल म्यानेजमेन्ट विभागका एकेडेमिक कोअर्डिनेटर सरोज पौडेल र कार्यकारी शेफ ए.पी. सिंहले दायित्व सम्हालेका थिए। शेफ सिंहले पोषणयुक्त र स्वादिलो परिकार निर्माणका तरिकाहरू तथा आधुनिक खाना पकाउने विधिबारे विस्तृत मार्गदर्शन प्रदान गरेका थिए। त्यसैगरी, सरोज पौडेलले स्थानीय स्रोतसाधनको उपयोग गरेर रोजगारी र उद्यमशीलता विकासका अवसरहरूबारे प्रशिक्षण दिएका थिए।

पशु सेवा तालिम केन्द्रका अनुसार यस प्रकारका तालिमहरूले स्थानीय तहमा कृषिजन्य व्यवसाय विकास र रोजगारी सिर्जनाको लक्ष्य राखेको छ। तालिममा सम्मिलित सहभागीहरूले यस्ता कार्यक्रमले व्यावहारिक सीप अभिवृद्धि गर्ने र स्वरोजगारतर्फ प्रेरणा दिने उल्लेख गर्दै भविष्यमा यस्ता तालिमहरू निरन्तरता दिनुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्