लेख : सम्बन्ध

<span class='c1'>लेख :</span> <span class='c2'>सम्बन्ध</span>

हामी सामाजिक प्राणी हौँ । हाम्रो आफ्नै परम्परा र संस्कृति छन् । यसै आधारमा हाम्रो जीवन चक्र निरन्तर चलिरहन्छ । यसलाई सहज,सरल र आत्मीयताका साथ् निरन्तरता दिनका निम्ति एक सहयात्रीको अत्यन्तै आवश्यक हुन्छ । विवाह हाम्रो परम्पारा हो एक संस्कृति हो । यति लामो जीवन जिउने क्रममा सम्बन्धमा अनेकौँ दरार ,उतार चाढाव आउँन सक्छन । जीवनका गोरेटोहरुमा सुख पनि आउछ, दुख पनि आउछ । तर,हामीले यसलाई कसरि अन्गाल्छौँ त्यसै अनुरुप हाम्रो जीवन चक्र अगाडी बढ्दै जान्छ । हाम्रो समाजमा एउटा भनाइ छ, जसले जसो गर्छ , त्यसै गरि टर्दै जान्छ। अब हामीले हाम्रो सम्बन्धलाई कसरि अघि बढाउदै जाने त्यो हाम्रै जीवनशैली र सोचमा फरक पर्दछ । अब हामीले के कसरि आफ्नो वैवाहिक संबन्धलाई सुमधुर र आत्मियता बनाउने होला त ? सम्भावित यसका केहि उपायहरु तर्फ केहि चर्चा गरौँ ।

सर्वप्रथम त ,विवाह पछि नयाँ दुलाह दुलही एक आपसमा खुलेर संवाद गर्नका निम्ति ,नजिक हुँनका निम्ति दुई-चार दिनको लागि घुम्न जान सकिन्छ जसलाई 'हनिमून पिरियड' को रुपमा पनि लिने गरिन्छ । यसले नयाँ दुलाह दुलहीको संबन्धमा निकटता बढाउँछ ।

यसैगरी, संघ-संस्था, साथीभाइ आफन्तजन तथा छरछिमेकीहरु मार्फत गरिएका धार्मिक/सामाजिक/वनभोज जस्ता कार्यक्रमहरुमा सहभागिता जनाउने । यसले समाजमा घुलमिल भइन्छ ,एक शिक्षा प्राप्त गर्न सकिन्छ, आत्मविश्वास बढाउँन सकिन्छ । समस्याहरु संग जुध्न आत्मबल प्राप्त हुन्छ र संबन्ध थप मजबुद बन्छ ।

घरमा श्रीमानले श्रीमतीलाई भान्सामा परिकारहरु पकाउन सहयोग गर्ने । भान्सामा साना साना कुराहरुमा सहयोग गरिदिने, जसले श्रीमतीको अनुहारमा एउटा छुट्टै चमक आउँछ । सम्बन्ध पनि थप उज्यालो छाउँछ ।

एक अर्काको बिचारलाइ सम्मान गर्न सिक्ने,भावनालाई बुझ्ने प्रयास गर्ने । एक आपसका व्यक्तिगत इच्छा तथा जीवनवृत्ति/पेसालाई सम्मान गर्न सिक्ने । यति गर्न सकिए पनि वैवाहिक संबन्ध सुमधुर बन्न धेरै सहयोग हुन्छ ।

कहिलेकाँही पारिवारिक भ्रमणमा निस्किने । फन पार्क जस्ता घुम्ने स्थानहरु जाने,चलचित्र हेर्ने । साथमा संगै बसेर किताबहरु पढ्ने सुनाउने कार्य गर्ने । बिहान बेलुका मर्निङ्ग वाल्क,इविनिंग वाल्कमा निस्किने । यसले सम्बधलाई थप प्रगाढ बनाउँछ ।

व्यक्तिगत तथा घरायसी समस्याहरु एक आपसमा बताउने र त्यसलाई हल गर्ने । रिसाउने बानि भए त्यसलाई कम गर्न कोसिस गर्ने । कहिले काँही घरका सदस्य बीच मतभेद हुन सक्छ त्यसबेला दुवै पक्षको कुरा सुनेर तत्काल समस्याको समाधान निकाल्ने । यसले गर्दा साना साना तिता कुराहरु निवारण हुने गर्दछ ,संबन्ध झन् बलियो बन्छ र जिम्मेवारीबोध गराउँछ ।

आफ्नो रोजगार अनुसारको जति सकिन्छ त्यति बचतको बानि बनाउने । यसले आर्थिक संकट परेको बेला धेरै नै मदत गर्दछ र संबन्धलाई झन् प्रगाढ बनाउछ ।

- ईश्वर रेग्मी, संयुक्त अरव इमिरेट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्