डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा

<span class='c1'>डाइभर्सन बनाएर ‘एसियन</span> <span class='c2'>हाइवे’ सञ्चालनमा</span>

भद्रपुर (झापा) । गए रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ ।

एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पु¥याएपछि दुवै स्थानमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन भएको हो ।

यसैगरी, चारआली जङ्गल क्षेत्रमा वन्यजन्तुका लागि निर्माणाधीन ‘एनिमल अन्डरपास’ अन्तर्गतको डाइभर्सन पनि पुनर्निमाण भएको छ । आगामी १५ दिनभित्रमा निर्माणधीन आयोजनाका सबै डाइभर्सन हटाई कल्भर्टमाथि दुई लेनबाट यातायात सञ्चालन हुनेगरी काम भइरहेको इञ्जिनियर महतले जानकारी दिनुभयो । बाढीले डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्