आइसिसी विश्वकप लिग–२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

<span class='c1'>आइसिसी विश्वकप लिग–२ मा</span> <span class='c2'>आज स्कटल्याण्डसँग खेल्दै नेपाल</span>

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज(सोमबार) स्कटल्याण्डविरुद्ध खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउसो ३ः४५ देखि सुरु हुनेछ ।

नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो । तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ । यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, चुनौती भने सहज छैन । सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन ।

एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन मिश्रित तर सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।

सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्