विराटनगरका विश्वदीप पाल : जसका हातले बनाउँछ मोल्ड, त्यसमा जम्छ आइसक्रिम

<span class='c1'>विराटनगरका विश्वदीप पाल : जसका हातले</span> <span class='c2'>बनाउँछ मोल्ड, त्यसमा जम्छ आइसक्रिम</span>

विराटनगर । गर्मी छ, बजारमा आइसक्रिम बिक्री र खरिद बढ्दो छ । यसको उपभोग गर्ने उपभोक्ताहरु विभिन्न आकारका आइसक्रिमसँग गज्जब मानिरहेका हुन्छन् । आइसक्रिमको व्यापारको प्रसङ्ग फरक छँदैछ । यसको उत्पादन, प्रशोसेसिङ, बजारीकरणको आफ्नै पाटो छ ।
बजारमा देखिने विभिन्न आकारका आइसक्रिम कसरी बन्छ ? स्वरुप कसरी ग्रहण गर्छ भन्ने कुरा बुझ्न विराटनगर–११ पिचरा मोडमा रहेको विश्वनाथ झलाई सेन्टर र यसका सञ्चालक विश्वदीप पाल बारे बुझ्नुपर्छ ।

विश्वदीप पवल ४६ वर्षका भए । उनी पछिल्लो २० वर्षयता आइस क्रिम मोल्ड बनाउँदै आएका छन् । आइस क्रिम मोल्ड भनेको आइसक्रिम जमाउने भाँडो भन्ने बुझ्नुपर्छ । यो यति सानो आकारको भाँडा बनाउने काम विश्वदीपले उनका बुबाबाटै सिकेका हुन् । उनकै दावीमा यो देशकै एक मात्रै आइसक्रिम मोल्ड बनाउने झलाई सेन्टर हो । जसले देशभरका आइसक्रिम उद्योगमा आफ्नो सामान सप्लाई गर्दै आएको छ ।

विश्वदीप झलाई सेन्टरका सञ्चालक विश्वदीप पालका अनुसार स्टिललाई राङ गरेर मोडिन्छ । आइस क्रिम मोल्ड १० देखि १५ किसिमका उनै पवलले उत्पादन गर्दै आएको सुनाउँछन् । पहिला आइस क्रिम मोल्ड बन्छ, त्यसपछि त्यसलाई राख्ने फर्मा (ग्रीड)मा राखिन्छ । यसरी फर्मा बनेको फर्मालाई मोल्डको संख्या हेरेर १२ ग्रीड, १६ ग्रीड..भन्दै उल्लेख गरिन्छ । मोल्ड बनाउँदा एमएलका आधारमा यसको साइज निर्धारण हुने गरेको छ । पवलको झलाई सेन्टरले ३५ एमएलदेखि ६० एमएलसम्मको मोल्ड बनाउँदै आएको छ ।

‘२० वर्षदेखि कामगर्दै आए, माग धान्न गाह्रो छ’ पवलले भने–हामीले बल प्रेस मेशिनको सहयोगमा हातले यसलाई बनाईरहेका छौं, भारतमा मेशिनले नै यसलाई बनाउँछ । हातले नै बनाउनुपर्ने भएका कारण उत्पादन लागत बढी पर्ने गरेको उनले सुनाए । तर, नेपालका धेरै आइस क्रिम उद्योगले भारतबाट आयात गरेको आइस क्रिम मोल्ड भन्दा उनकै उत्पादनलाई रुचाएउने गरेका छन् । त्यसको कारण हो, खानदानी पेसा, हातमै गुड फिनिसिङ्ग ।

तर, पछिल्लो समय आइसक्रिम मोल्डमा प्रयोग हुने स्टिल ‘स्टिलनेस’ हुनुपर्ने प्रावधान राखिएको छ । पालले उत्पादन गरिरहेको जीआईसी हो । नेपालमा आइसक्रिम मोल्डसहित सिंगो ग्रीड (फर्मा) लाई स्टिलनेस स्टिल प्रयोग गर्नुपर्ने प्रावधान राखिएका कारण पालको झलाई सेन्टर यथावत रुपमै त्यसमा फड्किन सक्दैन ।

उनले भने–धेरै आइसक्रिम उद्योग स्टिलनेस स्टिलको मोल्ड तथा फर्मा प्रयोगमा गइसकेका छन् । जुन भारतबाट आयात गर्नुपर्ने छ । तर, उनले चलाईरहेको उद्योग पूँजी अभावका कारण तत्काल स्टिलनेस स्टिलको मोल्ड तथा फर्मा बनाउन अपग्रेड हुनसक्ने स्थिति छैन ।
बाबुले समेत समालेको यो पेसा परम्परागत सीपकै उपज भएको पाल बताउँछन् । तर, यसलाई आधुनिक उद्योगको रुपमा अपग्रेड गर्ने चाहना हुँदा उनीसँग पूँजी अभाव रहेको छ । पालले केहि सहयोग पाइएला की भनेर तीनवर्ष अगाडी उद्योग संगठन मोरङमा स्टार्टअप एण्ड इनोभेसन प्रशिक्षण लिए । त्यहाँ बैंकले केहि लगानी गर्ने ईच्छा राखेपनि उनको परियोजनालाई पत्याएन । बरु, हुन्छहुन्छ भन्दै प्रक्रियाका नाममा विभिन्न शुल्क भने बैंकले असुलेको उनको भनाई छ ।

पालका अनुसार यदि पूँजी लगानी गरेर थोरै मात्रै आधुनिकतामा जाने हो भने आइस मोल्ड भारतमा निकासी गर्न सकिन्छ । किनकी उनले हातैले बनाएको आइस क्रिम मोल्ड समेत भारतका कतिपय उद्योगले चलाइरहेका छन् । उनीसँग आइस मोल्डका सबै साइजलाई राम्रो फिनिसिङ दिने हाते सीप नै रहेको छ । यदि मेशिनको प्रयोग गर्ने र उनको अनुभवलाई प्रयोग गर्दा उत्पादन विशेष हुनेछ ।
उनले सरकारले स्टार्टअपमा गर्न खोजिरहेको लगानीसँग आसा राखेका छन् । तर, सरकारको नजरमा उनको उद्योग पर्ने संभावना कम हुनसक्ने अनुमानमा बसेका छन् । सरकारले देशभरमै फरक रहेको उद्योगलाई प्रोत्साहन गर्ने हो भने नेपालमा चलिरहेका आइस क्रिम उद्योगका लागि आवश्यक पर्ने फर्मा अभाव नहुने मात्रै नभई भारत निर्यात संभावना रहने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्