रंगेली नगरपालिकामा बन्यो लोभलाग्दो कृषि बजार, आठ वर्षमा ११ गौरवका योजना बनेको दावी

<span class='c1'>रंगेली नगरपालिकामा बन्यो लोभलाग्दो कृषि बजार, आठ</span> <span class='c2'>वर्षमा ११ गौरवका योजना बनेको दावी</span>

विराटनगर । मोरङको रंगेली नगरपालिकाको मूल नारा ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ छ । विराटनगरबाट २५ किलोमिटर पूर्व दक्षिण रहेको नगरपालिकाले पछिल्लो आठ वर्षमा ११ वटा गौरव गर्न लायक योजनामा सफल भएको दावी गरेको छ ।

रंगेली नगरपालिकाको नारासँग मेल खाने योजनामध्ये दुईवटा कृषि बजार सञ्चालनको तयारीमा रहेका छन् । जसमध्ये रंगेली नगरपालिका–९ स्थित दोहमनामा पशुपंक्षी बजार र रंगेली बजारमै सुविधासम्पन्न कृषि बजार निर्माण गरिएको हो । दोहमनामा संघीय सरकारको तीन करोड ५० लाखमा निर्माण सम्पन्न पशु बजार र रंगेलीमा संघीय सरकारको २३ करोड लागतमा कृषि बजार निर्माण सम्पन्न उन्मुख रहेको छ ।

यस बाहेक चारवटा पालिकालाई लक्षित गरेर मुख्यमन्त्री एकिकृत अत्यावश्यक सेवा केन्द्र निर्माणाधिन चरणमा रहेको छ । यो नेपालमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना हुने दावी गरिएको छ । कानेपोखरी, सुनवर्षी, धनपालथान र रंगेलीलाई समेट्ने गरी अत्यावश्यक सेवा सञ्चालनमा आउने छ । जसमा दमकल, एम्बुलेन्ससहित बाढी तथा डुबान भएको अवस्थामा उद्धारका सामाग्री राखिने छ ।

यसैगरी रंगेलीले आफ्नै लगानीमा कोल्डस्टोर निर्माण गरिरहेको छ । जसमा १२ वटा चेम्बर हुने र त्यसमा अलग–अलग खाद्य वस्तु भण्डारण गर्न सकिने छ । ६०० मेट्रिकटन क्षमताको कोल्ड स्टोरमा जुन चेम्बरमा सामान राखिन्छ त्यसलाई मात्रै चिस्यान बनाउन मिल्नेछ ।
यसैगरी रंगेलीको सानको रुपमा रहेको कालि मन्दिर परिसरमा सामुदायिक भवन निर्माणको काम जनसहभागितामा अगाडी बढाइएको छ । यो थ्रिस्टारस्तरको सुविधायुक्त हुने दावी गरिएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि रंगेली नगरपालिकाले एक बिघा बढी क्षेत्रफलको जग्गा व्यवस्थापन गरेर काम अगाडी बढाएको दावी गरिएको छ । जसमा चार पालिकालाई साझेदार बनाइएको छ । उक्त स्थानमा घरको शौचालयलाई प्रशोधन गरेर ठोस स्वरुप दिइने छ । जसबाट इटा आकारको मल उत्पादन गरिने र किसानलाई उपलब्ध गराउने योजना राखिएको छ ।

रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडीयाका अनुसार कृषकलाई केन्द्रीत गरेर निर्माण भएका कृषि बजार, कोल्ड स्टोरदेखि बाहेक सिंचाईमा प्रयोग हुने बिद्युतको महशुल समेत नगरपालिकाले नै बुझाउँदै आएको हो । सिंचाईका लागि पानी भएको साना जलाशयलाई बाँध बाँधेर पोखरीमा रुपान्तरण गरिएको छ । यस्ता दुईवटा बाँधले झण्डै १२ बिघा क्षेत्रफल जमिन सिंचाई गर्नका लागि उपयोगी हुँदै आएको प्रमुख बगडीयाले जानकारी दिएका छन् ।

त्यस बाहेक सिमसार क्षेत्र व्यवस्थापन, ३८ किलोमिटर सडक कालोपत्रे, सभाहल (ओडिटोरियम), रंगेली अस्पताल समेत गौरव गर्ने योजनाको रुपमा राखिएको छ । यस बाहेक रंगेली नगरपालिकाले निःशुल्क शवदाह, स्वास्थ्य बिमा कार्यक्रम, र निःशुल्क रगत नागरिकलाई निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।

रंगेली नगरपालिकाका प्रशासकिय अधिकृत प्रदिप साहका अनुसार किसानले सिंचाईका लागि प्रयोग गर्ने बिद्युतको महशुल समेत नगरपालिकाले नै बुझाउँदै आएको छ । वार्षिक ७० लाख रुपैँया बराबर महशुल रगरपालिकाले बुझाउँदै आएको हो ।
रंगेली नगरपालिकाले अस्पताल सञ्चालना गरेको अस्पतालले दश महिनामा १६ करोड आम्दानी गरेको छ । नगरपालिकाले दुई हजार २०० नागरिकको बिमा गरिदिएको छ । बिमा गरेका नागरिकको उपचार अस्पताल गर्दछ । त्यो बिमाको रकम अस्पतालले गर्दै आएको छ । यसरी नागरिकको बिमा पालिकाले आफैं गरेर अस्पतालले बिमा वापतको रकम दावी गर्दा आम्दानी भएको साहले जानकारी दिए ।

यसैगरी रंगेली ४ मा २० बिघा क्षेत्रफलका सिमसार क्षेत्र निर्माण गर्ने कार्य समेत सुरु गरिएको छ । फोहोर व्यवस्थापनका लागि चारवटा स्थानीय तहसँग साझेदारी गरेर रंगेली नगरपालिकाले एक बिघा बढी क्षेत्रफलमा डम्पिङ साइट निर्माण गर्ने तयारी गरेको छ । यसैगरी घरबाट निस्कने ढललाई प्रशोधन गरेर ठोस मल बनाउने समेत प्लान्ट स्थापना गर्ने योजना राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्