विराटनगर । मोरङको पथरीशनिश्चरेमा जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिएको छ ।
सोमबार बेलुका पथरीशनिश्चरे नगरपालिका– ६ का ४८ वर्षीय मही चौधरीले संचालन गरेको ग्रील पसलमा फलाम काट्ने ग्रेन्डरले बालकको लिङ्ग काटिएको हो।
ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोराको लिङ्ग काटिएको छ। घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको छ । बालकको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि लिएर आएका हुन् ।
बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको प्रहरीले जनाएको छ ।