फुपुको घरमा श्रीमान–श्रीमतीबीच झगडा, घरसम्म जान साथी पठाएका व्यक्तिको बाटोमै हत्या

<span class='c1'>फुपुको घरमा श्रीमान–श्रीमतीबीच झगडा, घरसम्म जान</span> <span class='c2'>साथी पठाएका व्यक्तिको बाटोमै हत्या</span>

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ बर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपित ३२ बर्षीय अर्जुन गुरुङ हुन् ।

घटना गत जेठ २१ गतेको हो । फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएका गुरुङ र उनको श्रीमती सरिता लिम्बुबीच राती पौने १ बजे सामान्य बिवादको क्रममा झगडा भएको थियो । फुपुले सम्झाई बुझाई गरेपछि दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाएर उनीहरुकै घर पठाएकी थिइन् ।

फुपुले साथी बनाएर पठाएका उनै लिम्बुलाई गुरुङले बाटोमै धारिलो हतियार खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

गुरुङले आफ्नै श्रीमतीलाई बाटोमा कुटपिट गर्लान् भन्ने संभावित घटना आंकलन गरेर लिम्बुको साथ लगाएर पठाइएको थियो । तर, बाटोमा पुग्दा गुरुङले साथ लगाएर पठाएका व्यक्तिकै खुकुरी प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्