बगरमा बालुवाले पुरेको ११२० केजी गाँजा बरामद

<span class='c1'>बगरमा बालुवाले पुरेको ११२०</span> <span class='c2'>केजी गाँजा बरामद</span>

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई राखेको अवस्थामा १ हजार १२० किलिग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले मंगलबार बालुवामा लुकाएको अवस्थामा गाँजा फेला पारेको थियो ।

बालुवामुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १२० किलिग्राम गाँजा फेला पारेको हो । बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्