-सुरेशकुमार पाण्डे
" यो केटा त जमिन्दार टोपारामको छोरा जस्तै लाग्यो।"- फुर्शेले भाँडा खकाल्दै गरेको केटातिर हेर्दै भन्यो।
" तँलाई पनि सबै जमिदारका छोरा देखिन्छन्, ढाबामा भाडा माझ्नेहरू। छिटो खा अहिले जान ढिला हुन्छ।"-गोकर्णले भन्यो।
उनिहरू भारतमा घुम्न भनेर आएका थिए।तर फुर्शेको ध्यान उतैथियो। " हजुरले टोपारामको छोरा नमेलाई चिन्नु भएको छैन र ?'- फुर्शेले प्रश्न गर्यो। "- किन नचिन्ने मैले एक कलास देखि दशसम्म पढाएको थिएँ नमराजलाई।
" ऊ त्यो केटालाई राम्ररी हेर्नुहोस् त ' त्यो उस्तै देख्छु मैले त !"-फुर्शे भाँडा खकालिरहेको केटातिर इसारा गर्दै भन्यो। गोकर्ण अहिले फुर्शेको अनुरोधलाई स्विकारदै उता हेरे।त्यो केटालाई देख्दा उनि पनि छक्क परे।उस्तै अनुहारको।दुबैजनाले खाना खाइसके र बिल बुझाउँन काउँन्टरमा पुगे। " सर हम नेपालसे हैँ.. (सर हामी नेपाली हौँ।)"!"-गोकर्णले आफ्नो कुरा राख्दै थिए।उन्को कुरा नटुङ्गिदै मालिक बोल्यो " काम चाहिय क्या तुम्हे ?(काम चाहिएको छ केहो ? तिमिहरूलाई)"-गोकरणले फुर्शे तिर हेर्दै मुस्कुरायो।
" वह लड्का कौन है ?(त्यो केटा कोहो ?) "- फुर्शेले सोध्यो। " "वह ? हामारा बहादुर है।( त्यो हाम्रो बहादुर हो)"- मालिकले जानकारी गरायो।
" ए भाई यता आउ त !"- गोकरणले उसलाई बोलाए।
" सर ! .. नमस्कार छ हजुरहरूलाई।"- अलि अक्मकिँदै नमस्ते गर्यो।साहिद् ऊ लजायो। उसका खुटाक कापमा हिलाले खाएको जस्तै घाउ भएका थिए।उसको दयानिय अवस्थाले दुबैलाई मर्माहित बनायो। " नवराज कीन यसरी दुःखपाएको ?"- फुर्शेले सोध्यो। "के भनौँ सर केही साथिहरू सँग घुम्न भनि आएको बिछुड भयो ।मोबाइल त थियो सिम चाहिंदो रहिछ त्यो पनि पाइएन।पैसा सबै केटाहरूसँग थियो।यसरी दुःख पाएं।
अनि बिना पैसा खान बस्न समस्या भयो।धन्न यो साहुजीलाई भाँडा खकाल्ने मानिस चाहिएको रहिछ।यसले काम दियो।एक महिना पुग्छ भोली।"-नमराजले सबै कुरा यथार्थ बतायो।
" उफ ! यस्तो पनि हुनेरहिछ !"-गोकरणले दुःख व्यक्त गरे। " सर भोकले जस्तो पनि गराउँने रहिछ।"-नमराजले भन्यो।
" सर धन्यावाद ! यह हमारा भाई है बिछड्गया था हम इसको लेने आए हैँ।"( सर हजुरलाई धन्यवाद यो हाम्रो भाई हो जो हराएको थियो हामि यसलाई लिन आएका हौ!"- गोकरणले मालिकसँग भने।
" ठिक है अभि इसका हिसाब देदेता हुँ!(ठिकै छ अहिले यसको हिसाब दिन्छु।)"- मालिकले भन्यो।
घोराही-१८, दाङ