प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशको फराकिलो जीत

<span class='c1'>प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा</span> <span class='c2'>कोशी प्रदेशको फराकिलो जीत</span>

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ ।

प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे ।

पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणामस्वरुप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो । टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिंदा अप्mफन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए ।
३ दशमलव ६ को औसतमा अरुभन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।

यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए । ब्याटिंगमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने । २ सय ५७ रनको मध्यम लक्ष्य पाएपनि बलिंगमाझैं ब्यांिटंगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

फलस्वरुप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुनपुग्यो । अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने शुरुदेखि नै पुछारमा रहेको गण्डकी तेश्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्