स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

<span class='c1'>स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो</span> <span class='c2'>युइएफए नेसन्स लिगको उपाधि</span>

काठमाडौं । आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे । पेनाल्टीमा स्पेनका लागि अल्भारो मोराटाले मौका गुमाएपछि रुबेन नेभेसले स्पटबाट गोल गर्न सफल भए ।

डिएगो कोस्टाले अल्भारो मोराटाको पेनाल्टी सुटआउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो । त्यसअघि स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेपछि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी दुई गोल फर्काएका थिए ।

खेलको अन्त्यमा कप्तान क्रिस्टियानो रोनाल्डोका आँखा खुशीको आँसुले भरिएका थिए । घाइते भएर मैदानबाट बाहिर निस्किएपछि उनी निर्णायक क्षण हेर्न बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्