कोशी र बागमती प्रदेशलाई थ्री बाइ थ्री बास्केटबलको उपाधि

<span class='c1'>कोशी र बागमती प्रदेशलाई थ्री</span> <span class='c2'>बाइ थ्री बास्केटबलको उपाधि</span>

विराटनगर । यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमती प्रदेशले जितेका छन्।

कोशी छात्र तथा बागमती छात्रामा बिजेता भएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेश प्रदेशलाई १७- १२ को स्कोरले हरायो। लुम्बिनी तेस्रो स्थानमा रह्यो।छात्रातर्फ बागमतीले कर्णालीलाई १५–३ को अत्यन्त सहज नतिजामा हरायो ।

कोशी प्रदेशले तेस्रो स्थानमा चित्त बुझायो। फाइनल खेल एकपक्षीय बन्यो।

विजेतालाई राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए। छात्र र छात्रा दुवैतर्फ सातै प्रदेशको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्